मिति : २०८१ माघ २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माया प्रीति’मा भित्रिइन् दिव्या

फिल्मीखबर, काठमाडौं, 2025/02/05

MAYA PREETI_DIVYA RAYAMAJHI

 

हाल प्रदर्शनरत फिल्म ‘एक्टर : टेक वन’बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री दिव्या रायमाझीले नयाँ फिल्म ‘माया प्रीति’मा मुख्य भूमिका निभाउने भएकी छन् । बुधबार फिल्मका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले उनीसँग लिखित सम्झौता गरेका हुन् । दिव्याले आफूले खोजेजस्तै कथा भएकाले फिल्ममा अभिनयका लागि राजी भएको बताइन् ।

दिव्याले ‘एक्टर : टेक वन’मा उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए । उनले रायमाझीको लागि फिल्मको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने दाबी गरे । तर, उनले दिव्याको भूमिकाबारे भने जानकारी गराउन चाहेनन् ।

रोमान्टिक-कमेडी जनरामा बन्न लागेको फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । हलिउडको टेलिभिजन स्टेसन एचबिओ र थुप्रै अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका उनको यो पहिलो निर्देशकीय फिल्म हुनेछ ।

फिल्मको कार्यकारी निर्मातामा सन्तोषसहित अभिनेत्री निशा अधिकारी पनि छिन् । वन टू थ्री स्टुडियोजको ब्यानरमा बन्न लागेको ‘माया प्रीति’को निर्माण समूहले यसअघि टिभी शो ‘प्ले इट अन’मा काम गरेको थियो । क्रिएटिभ निर्देशक प्रणव जोशी भने फिल्म ‘रेशम फिलिली’का निर्देशक हुन् । चाँडै छायांकन सुरु गर्न लागिएको फिल्मको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ ।