मिति : २०८१ माघ २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलनको निर्देशनमा ‘सुम्निमा’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2025/02/05

milan chams

 

कहिले बायोपिक त कहिले युद्धको कथामा फिल्म बनाएर भर्सटायल निर्देशकको रुपमा चिनिएका मिलन चाम्सले अब लभस्टोरी फिल्म ‘सुम्निमा’ बनाउने भएका छन् । उनले बुधबार एक पोस्टरमार्फत् उक्त फिल्मको निर्माण घोषणा गरे । उनका अनुसार यो विशुद्ध प्रेमकथामा आधारित भएर बन्नेछ । निर्देशनको हिसाबले यो उनको ११औं फिल्म हुनेछ ।

गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्न लागेको फिल्ममा राजीव थापाको लेखन रहेको छ । सन् २०२५ को अगस्टबाट छायांकन सुरु हुने फिल्मलाई लण्डन र नेपालमा खिचिनेछ । दुई देशबीचको प्रेमलाई फिल्ममा उतारिने निर्देशक चाम्सले बताए । फिल्मका लागि कलाकार र प्राविधिक छनोट हुन बाँकी छन् ।

मिलनले यसअघि ‘वर एण्ड वधु’, ‘वीर विक्रम’, ‘वीर विक्रम २’, ‘बबी’, ‘ह्याप्पी डेज’, ‘लिलीबिली’ जस्ता प्रेमकथामा आधारित फिल्म बनाइसकेका छन् भने ऐतिहासिक विषयवस्तुमा ‘गोर्खा वारियर’ पनि बनाएका छन् । उनको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘अञ्जिला’ आगामी फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्म रिलिजपछि उनले ‘सुम्निमा’को छायांकन सुरु गर्नेछन् ।