मिति : २०८१ माघ २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाज शरणम्’को ‘हेर्दा हेर्दैमा’ गीतमा मालाप्रति आकर्षित सिताराम

फिल्मीखबर, काठमाडौं, 2025/02/06

Sitaram, Bijay, Arjun, Hari, Sagar

 

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को पहिलो गीतको रुपमा बिहीबार ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । लोकलयको यो गीत निर्माण टिमले फिल्म प्रचारका लागि मात्र तयार पारेको हो । आशिष अविरल र शान्तिश्री परियारको युगल गायन रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ भने कृष्ण भारद्वाजले संगीत दिएका छन् ।

गम्भीर विष्टको नृत्य निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेत्री माला लिम्बू नृत्य गर्दै प्रस्तुत छिन् । हाटबजारको सेटअपमा खिचिएको भिडियोमा मालाप्रति पुरुष पात्रहरुको आकर्षणलाई देखाइएको छ । मालासहित फिल्मका मुख्य कलाकारहरु सिताराम कट्टेल, अर्जुन घिमिरे, अर्पण थापा, विजय बराल, सागर लम्साल, हरिष निरौला लगायत गीतमा प्रस्तुत छन् ।

आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । उनले ‘सक्किगोनि’ सिरियलको भने निर्देशन गर्दै आइरहेका छन् । यसमा कुमार स्वयंको कथा छ भने पटकथा लेखनमा उनलाई ‘काकु’को रुपमा परिचित दीपक आचार्यले सघाएका छन् ।

यो फिल्ममा प्रियाना आचार्य, महेश त्रिपाठी, रेणु योगी, कमलमणि नेपाल, सृजना अधिकारी लगायतको पनि अभिनय छ । यसमा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश शाह र सृजना खड्का सह-निर्मातामा रहेका छन् । त्यस्तै, कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ हुन् । अर्जुनलाई गीतमा ‘सक्किगोनि’को पात्र ‘पाँडे’को गेटअपमा देख्न सकिन्छ । त्यसो त फिल्ममा पनि उनी त्यही गेटअपमा छन् ।