मिति : २०८१ माघ २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द्रोपदी’को ‘कर्णाली काटौँला’ गीतमा ऋषिराज र आश्विनीको प्रेमभाव

फिल्मीखबर, काठमाडौं, 2025/02/06

Ravi Oad

 

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको फिल्म ‘द्रोपदी’को पहिलो गीत ‘कर्णाली काटौँला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता रवि ओडको स्वर छ भने उनलाई इन्द्रकला राईले साथ दिएकी छन् । निर्देशक आचार्य स्वयंको शब्द रचना रहेको गीतमा गायक ओडको संगीत छ । गीत रोमान्टिक भावको छ ।

विष्णु ठडराईको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका मुख्य दुई जोडी ऋषिराज आचार्य र आश्विनी शाही तथा रवि ओड र सुजता तिमल्सिनाबीचको प्रेमलाई देखाइएको छ । डोल्पाको जनजीविका र भौगोलिक विकटतालाई समेत चित्रण गरिएको गीतमा डोल्पामै अवस्थित शे–फोक्सुन्डो तालको दृश्य पनि समावेश छ ।

आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा कविराज भाम, जेएलसन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको पनि अभिनय छ । मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्ममा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह-निर्मातामा छन् । लेखन ऋषिराज स्वयंको हो ।

फिल्मको नाम ‘महाभारत’को द्रौपदी पात्रसँग मिल्ने भएपनि कथा त्यसमा आधारित नरहेको निर्देशक आचार्यको भनाइ छ । उनका अनुसार फिल्ममा देशको यथार्थपरक कथा उठाइएको छ । ‘द्रोपदी’ उनको छैटौं निर्देशित फिल्म हो । यसअघि ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘मिस्टेक’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘चुरीफुरी’को निर्देशन गरिसकेका उनी सेन्सर बोर्डका सदस्य पनि हुन् ।