मिति : २०८१ माघ २५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा त्रिपक्षीय भिडन्त

फिल्मीखबर, काठमाडौं, 2025/02/07

three movie

 

गत बैशाखदेखि कात्तिकसम्म फिल्म रिलिजको बाढी नै देखियो । यो सात महिनामा व्यापार पनि उत्साहजनक नै रह्यो । तर, मंसिर र पुषमा न फिल्म खासै रिलिज भए न व्यापार राम्रो हुन सक्यो । तर, माघ लागेसँगै रिलिजको चाप बढेको छ । हप्तैपिच्छे हलमा नयाँ फिल्म फेरिरहेका छन् । यो साता झन् तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । ती फिल्म हुन्, ‘ममी’, ‘जुना’ र ‘सारंग’ ।

तीनवटै फिल्म फरक-फरक विषयमा बनेका छन् । ‘ममी’ साइकोलोजिकल-थ्रिलर फिल्म हो । ‘जुना’मा नारीको पीडा र वेदना छ । ‘सारंग’ले मित्रता र सम्बन्धको कथा भन्छ । यसअर्थ दर्शकलाई आफ्नो रुचिअनुसार छानीछानी फिल्म हेर्न पाउने सुविधा छ । तर, बुकिङको स्थिति हेर्दा तीनवटै फिल्मप्रति दर्शकमा खासै उत्साह देखिएको छैन । अब ‘वर्ड अफ माउथ’मा व्यापार निर्भर रहनेछ ।

सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको ‘ममी’लाई समर निरौलाले निर्देशन गरेका हुन् । यसमा प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतको अभिनय रहेको छ । बुधबार भएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो । प्रायःले अहिलेसम्म बनेकामध्ये उत्कृष्ट थ्रिलर फिल्म भनेका थिए ।

प्रशान्त तामाङको निर्देशनमा बनेको ‘सारंग’मा ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई लगायतको अभिनय छ । त्यस्तै, बाल विवाह र महिला हिंसाको कथामा बनेको ‘जुना’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, खगेन्द्र न्यौपाने, कमल बोहोरालगायतको अभिनय छ । यसका निर्देशक जीवन सेञ्चुरी हुन् ।