मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो रिलिजमा फ्लप ‘सनम तेरी कसम’ रि-रिलिजमा आक्रामक

एजेन्सी, काठमाडौं, 2025/02/09

Sanam Teri Kasam (Swear On You My Beloved) – RahmatOropo.com

 

सन् २०१६ मा रिलिज भएको बलिउड फिल्म थियो, ‘सनम तेरी कसम’ । त्यसबेला फिल्म बक्स अफिसमा सुपरफ्लप बनेको थियो । २५ करोडको लागतमा बनेको फिल्मले लगभग १ करोडको ओपनिङ गरेको थियो भने कूल व्यापार ८ करोड भएको थियो । तर, जब फिल्म टिभी र युट्युबमा रिलिज भयो तब दर्शकले निकै रुचाए । युट्युबमा मात्र फिल्मलाई १५ करोड बढीले हेरिसकेका छन् ।

यो ‘क्लासिक रोमान्टिक’ फिल्मलाई ९ वर्षपछि यतिबेला हलमा रि-रिलिज गरिएको छ । शुक्रबारदेखि भारतमा मात्र प्रदर्शन भएको फिल्मले ओपनिङमा रेकर्ड बनाएको छ । साढे ४ करोड कमाउँदै यो फिल्म रि-रिलिजमा ठूलो ओपनिङ गर्ने दोस्रो भारतीय फिल्म बनेको छ । रि-रिलिजमा सबैभन्दा ठूलो ओपनिङ गर्नेमा तेलुगू फिल्म ‘गब्बर सिंह’ छ, जसले ५ करोड ७५ लाख कमाएको थियो ।

दोस्रो दिन शनिबार पनि फिल्मले भारतीय बक्स अफिसमा सानदार कमाइ गरेको छ । पिंकभिल्लाका अनुसार फिल्मले दोस्रो दिन ५ करोड हाराहारी कमाएको छ । योसँगै फिल्मको व्यापार दुई दिनमा नै साढे ९ करोड नाघेको छ । यो पहिलो रिलिजमा भएको ‘लाइफटाइम कलेक्सन’भन्दा धेरै हो । यसबाट पनि फिल्मलाई भारतीय दर्शकले कुन हदसम्म मन पराएका छन् भन्ने प्रष्ट बुझिन्छ ।

दर्शकबाट उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले आइतबारसम्म लगभग १५ करोड कमाउन सक्ने आँकलन गरिएको छ । राधिका राव र विनय सप्रूको संयुक्त निर्देशन रहेको ‘सनम तेरी कसम’मा हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको मुख्य भूमिका छ । अलग पृष्ठभूमिका दुई पात्रको प्रेमकथामा आधारित भएर बनेको यो फिल्मको अब दोस्रो श्रृंखला निर्माण हुँदैछ ।