मिति : २०८१ माघ ३०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एडल्ट ड्रामा’ भनिएको ‘दुःखी आत्मा’ बनेन एडल्ट

फिल्मीखबर, काठमाडौं, 2025/02/11

dukhi aatmaa

 

आगामी फागुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’लाई टिजर र ट्रेलरमा ‘एडल्ट ड्रामा’ भनिएको छ । दृश्य र संवादले पनि फिल्मको कन्टेन्ट ‘एडल्ट’ रहेको दर्शाउँछ । यसैले फिल्मले सेन्सर बोर्डबाट १६ वर्षभन्दा मुनिकाले हेर्न नपाउने गरी ‘एडल्ट सर्टिफिकेट’ पाउन सक्ने धेरैको अड्कलबाजी थियो । तर, फिल्मप्रति लचिलो बन्दै बोर्डले ‘पीजी सर्टिफिकेट’ दिएको छ ।

मंगलबार फिल्मको सेन्सर गरिएको थियो । बोर्डले कुनै पनि दृश्य तथा संवाद काँटछाँट नगरी ‘पीजी सर्टिफिकेट’ दिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । अब यो फिल्म १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् । फिल्मले ‘पीजी सर्टिफिकेट’ पाउँदा निर्मातालाई ठूलो राहत मिलेको छ । ‘एडल्ट सर्टिफिकेट’ पाएको भए व्यापार प्रभावित हुने सम्भावना रहन्थ्यो ।

‘पीजी सर्टिफिकेट’ पाएपछि निर्देशक लामाले खुसी हुँदै भने, ‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलकबाजी गरिए पनि यो फ्यामिली फिल्म हो । यसैले हरेक उमेरका दर्शकले हेर्न सक्नुहुनेछ ।’ फिल्मले यौन दुर्बलताबाट पीडित पात्रको कथा भनेको छ । त्यो पात्रको भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । उनले यस किसिमको भूमिका पहिलो पटक गरेका हुन् ।

निर्देशक लामा स्वयंको लेखन रहेको फिल्ममा दयाहाङका साथै आँचल शर्मा, अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, कविता आले, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । हिमाल कडरियाले फिल्म निर्माण गरेका हुन् । यसमा आलोक शुक्लाको छायांकन छ भने कार्यकारी निर्माता सुदीप ढकाल हुन् ।