मिति : २०८१ माघ ३०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वसन्त’को टिजर : प्रकाशले कविताबाट स्वस्तिमाप्रति व्यक्त गरेको प्रेम

फिल्मीखबर, काठमाडौं, 2025/02/11

Prakash Saput and Swastima Khadka

 

गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशन, लेखन तथा संगीतमा तयार भएको फिल्म ‘वसन्त’को टिजर सार्वजनिक गरिएको छ । ‘मिलनको कविता’ नाम दिइएको टिजरमा फिल्मका मुख्य अभिनेता समेत रहेका प्रकाशले कविता वाचन गरेको देख्न सकिन्छ । उनको कवितामा प्रेम र समर्पणको भाव छ । टिजरमार्फत् अभिनेत्री स्वस्तिमा खड्काप्रति प्रकाशको प्रेम दर्शाउन खोजिएको छ ।

निर्माण टिमले यो टिजरलाई ‘भ्यालेनटाइन डे’ स्पेसल कविता भनेको छ । र, सोधिएको छ, ‘तपाईंको कविता चाहिँ कसका लागि ?’ यसअघि फिल्मको ‘साँझ पर्‍यो झमक्क’ बोलको गीत सार्वजनिक गरिएको थियो, जुन लोकप्रिय बनिसकेको छ । चार हप्तामा गीतलाई ५० लाख बढीले हेरिसकेका छन् । फिल्ममा अझै चारवटा गीत रहेको जानकारी प्राप्त छ ।

फिल्ममा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । निर्देशक सपूतको जन्मथलो बाग्लुङसहित काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा भनेको छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । आगामी चैत २२ गतेबाट ‘वसन्त’ प्रदर्शन हुँदैछ ।