मिति : २०८१ माघ ३०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘११:५५’ पोस्टरमा यस्ता देखिए सृष्टिदेखि करिष्मासम्म

फिल्मीखबर, काठमाडौं, 2025/02/12

movie eleven fifty five

 

आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान)का पाँच मुख्य कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पाँचवटा पोस्टरमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनाल चित्रित छन् । उनीहरुको दुई फरक अवस्थालाई चित्रण गरिएको पोस्टरले पाँचजना पात्र कुनै ठूलो समस्यासँग जुधिरहेको संकेत गर्छ ।

क्राइम-थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यसमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । बिचित्र फिल्मस् र गुड जब आर्ट्सको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको छ । रातिको ११ः५५ बजे घटेको घटनामा फिल्म आधारित रहेको जनाइएको छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलर, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमेटोग्राफी तथा पासाङ दावा शेर्पाको सम्पादन रहेको फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ । फिल्मको कार्यकारी निर्मातामा एमएस अग्रज छन् ।