मिति : २०८१ फाल्गुन १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता बन्दै गायक रामकृष्ण ढकाल, घोषणा गरे ‘मालती मङ्गले’

फिल्मीखबर, काठमाडौं, 2025/02/12

Ram Krishna Dhakal

 

गायक रामकृष्ण ढकाल अब फिल्मको निर्माता बन्ने भएका छन् । उनले फिल्म ‘मालती मङ्गले’ निर्माण गर्न लागेका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत् फिल्मको शीर्षक सार्वजनिक गर्दै उनले नयाँ यात्रा सुरु गर्न लागेको जानकारी गराए । फिल्मको निर्माण रानी म्यूजिक इन्टरनेशनलबाट हुनेछ । यो कम्पनी गायक ढकालले आफ्नी छोरी रानीको नामबाट खोलेका हुन् ।

रामकृष्णको फिल्मसँग पुरानो सम्बन्ध छ । उनले २०५८ साल (सन् २००१)मा निर्माण भएको फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए । यो उनको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको फिल्म थियो । यसपछि भने उनले फिल्ममा अभिनय गरेका छैनन् । ‘मालती मङ्गले’मा उनको अभिनय रहने वा नरहने भन्ने विषयमा जानकारी गराइएको छैन ।

फिल्मको घोषणा गर्दै गायक ढकालले भनेका छन्, ‘समय कति छिटो बित्दो रहेछ ! आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ । अब फेरि पनि फिल्मसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ । तर, यसपटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माताको रूपमा तपाईँहरूसामु आउँदैछु । यो फिल्मले मेरा सपनाहरूको एउटा ठूलो हिस्साको प्रतिनिधित्व गर्छ ।’

फिल्मको निर्देशन प्रकु पाण्डे (प्रकाश)ले गर्नेछन् । कथा पनि उनी स्वयंको हो । कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् । फिल्मका लागि कलाकार छनोट हुन बाँकी रहेको निर्माता ढकालले बताए ।