मिति : २०८१ फाल्गुन १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रंगी’ प्रिमियर : मनछुने फिल्म बनेको प्रतिक्रिया

फिल्मीखबर, काठमाडौं, 2025/02/13

Rangi (2)

 

भोलि शुक्रबार अर्थात् फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’ले बुधबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब हलमा आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । बाबु-छोरीको भावनात्मक सम्बन्धको कथामा आधारित रहेको फिल्म मनछुने बनेको प्रायःको प्रतिक्रिया थियो । फिल्म हेरेर निस्किँदै गर्दा कतिको आँखामा आँसु समेत देखिएको थियो ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले बाल कलाकार आयुषी ढकालको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिन् । ‘सानी बच्ची आयुषीले एकदमै राम्रो अभिनय गरेकी छन् । सलोन बस्नेतले पनि एवान गर्नुभएको छ,’ उनले भनिन्, ‘एक्लो बुबा-आमालाई सन्तान स्याहार्न गाह्रो हुँदो रहेछ भन्ने फिल्मले देखाउँछ । फिल्मले साँचिक्कै मन छुन्छ ।’

त्यस्तै, अभिनेता सलिनमान बनियाँले पनि फिल्मको कथावस्तुको प्रशंसा गरे । फिल्मले निकै भावुक बनाएको उनले बताए । ‘बाबुले आफ्नो सन्तानका लागि कतिसम्म दुःख र मिहिनेत गर्छन् भन्ने कुरा जसरी फिल्ममा देखाइएको छ, त्यसले मलाई इमोसनल बनायो । फिल्म हेरिरहँदा बुबालाई धेरै सम्झिएँ,’ उनले भने । सलिनले फिल्मलाई ५ मा ५ रेटिङ समेत दिएका छन् ।

प्रिमियरमा उपस्थित भएका कलाकारहरु निर्मल शर्मा, दीपक आचार्य, दिक्पाल कार्की, जयकिशन बस्नेत, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले पनि फिल्मको कथावस्तु मन परेको बताए । उनीहरुले बाबु-छोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरेका थिए ।

 

Rangi (2)


सुरेश न्यौपानेको निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, विशाल पहारी, सुमिन गुरुङ लगायतको अभिनय छ । यो सलोनले निर्माण गरेको पहिलो फिल्म हो । यसमा उनले एकल बाबुको भूमिका निभाएका छन् । सक्षम सुवेदी, करिश्मा केसी र अनिश गौतम निर्मातामा रहेको फिल्ममा सुमन गजमेरले लेखन र सौरभ लामाको छायांकन छ ।