मिति : २०८१ फाल्गुन ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङको हिट फिल्म ‘दयारानी’ सिनेमाघर एपमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/02/15

DAYARANI IN CINEMAGHAR

 

गत वर्षको व्यावसायिक रुपमा सफल फिल्म ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । भ्यालेनटाइन डेको सन्दर्भ पारेर फिल्मलाई एपमा रिलिज गरिएको हो । यो फिल्म हेर्न दर्शकले दुई सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

‘दयारानी’लाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई, दीया पुन र विजय बराल मुख्य भूमिकामा छन् । फिल्मले एक दम्पतीको बाँझोपनसँगको सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा २ करोड हाराहारीको व्यापार गरेको थियो ।

‘सिनेमाघर एप’मा यसअघि ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’, ‘छक्का पञ्जा ४’, ‘एक भगवत् गीता’, ‘उपहार’, ‘झिेँगेदाउ’, ‘डिग्री माइला’, ‘घरज्वाइँ’, ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘प्रेमगीत ३’, ‘पानीफोटो’, ‘चिसो मान्छे’ जस्ता फिल्म रिलिज भइसकेका छन् । चाँडै एपमा यस वर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’ रिलिज हुँदैछ ।

वेब ब्राउजरसहित एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध रहेको ‘सिनेमाघर एप’मा फिल्म हेर्न चाहने दर्शकले भुक्तानीका लागि संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गर्न सक्नेछन् भने नेपाल र भारतबाट डिजिटल वालेट तथा क्युआर कोडको प्रयोग गर्न सकिन्छ । पछिल्लो समय सिनेमाघर एपप्रति दर्शकको आकर्षण बढेको छ ।

Most Visited News (monthly)