मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ वर्षपछि फिल्ममा फर्किने योजनामा जल शाह

फिल्मीखबर, काठमाडौं, 2025/02/17

jal shah

 

कुनै समय नेपाली फिल्ममा सशक्त उपस्थिति जनाएकी अभिनेत्री जल शाह करिब दुई दशकदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । अमेरिका गएपछि उनको फिल्मसँग पनि दूरी बढ्यो । उनी पछिल्लो पटक सन् २००६ मा आएको फिल्म ‘क्रोध’मा देखिएकी थिइन् । यतिबेला श्रृंखलाबद्ध रुपमा पुराना कलाकारहरूको पुनरागमन भइरहेको समयमा अब पखाई उनै जलको छ ।

जल स्वयं पनि फिल्ममा फर्किने योजनामा देखिएकी छन् । छोरी कलशले खडा गरेको ‘शिक्षा फाउन्डेसन’बाट काभ्रेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्न केही दिनअघि नेपाल आएकी उनले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा २ वर्षपछि आफू फिल्म अभिनयमा फर्किने सोचमा रहेको बताइन् । छोरीले ग्राजुयट सकाएपछि फिल्ममा फर्किने उनको योजना छ ।

कमब्याकबारे जलले भनिन्, ‘अबको २ वर्षपछि म फिल्ममा फर्किन्छु । कलशले ग्राजुयट गरेपछि म फ्रि हुनेछ । त्यसपछि फिल्ममा काम गर्छु । मलाई कुनै पनि काम हतारमा गर्न मन लाग्दैन । ममा अझै पनि अभिनय गर्ने क्षमता छ । यसैले त्यो प्रतिभाका लागि त जहिले आए पनि हुन्छ ।’ आफूमा अझै पनि पहिलाको जस्तै अभिनयको भूत सवार रहेको र त्यो कहिल्यै नहट्ने उनको भनाइ छ ।

कार्यक्रममा जललाई पत्रकारले छोरी कलशको डेब्युबारे पनि प्रश्न गरेका थिए । जसमा उनले भनिन्, ‘त्यो छोरीको इच्छा हो । उनी फिल्ममा आउन चाहिन् भने हामीबाट पूर्ण सपोर्ट रहन्छ । मैले यही क्षेत्रबाट दर्शकको धेरै माया कमाएँ । छोरी पनि यो इन्डस्ट्रीमा आइन् भने मैले पाएको जस्तै माया पाउनेछिन् भन्नेमा आशावादी छु । अब पढाई पूरा गरेपछि कलशले के गर्छिन् भन्ने थाहा हुन्छ ।’

कार्यक्रममा जलसँगै उपस्थित भएकी उनकी छोरी कलशले भविष्यमा फिल्म गर्न सक्ने संकेत गरिन् । हाल अमेरिकामा ११ कक्षामा पढिरहेकी उनले भनिन्, ‘अहिले मेरो पहिलो प्राथमिकता भनेको पढाई मात्र हो । र, ‘शिक्षा फाउन्डेसन’बाट मानिसहरुलाई सहयोग गर्ने हो । कुनै समयमा राम्रो अफर आयो भने फिल्म गर्छु । मेरो इच्छा भने भविष्यमा इन्टरनेशनल लयर वा कर्पोरेट लयर बन्ने छ ।’