मिति : २०८१ फाल्गुन ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

विजय र विल्सनको ‘यो मन त मेरो नेपाली हो’ असार २७ मा

फिल्मीखबर, काठमाडौं, 2025/02/18

yo man ta mero nepali ho

 

अभिनेताद्वय विजय बराल र विल्सन विक्रम राईको मुख्य भूमिका रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माताले मंगलबार आरआर फिल्मसँग वितरणसम्बन्धी सम्झौता गरेपछि फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

नर प्रधान (मित्र)को निर्देशनमा तयार भएको फिल्ममा विजय र विल्सनसहित रोशन श्रेष्ठ, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको अभिनय छ । ज्ञान बहादुर प्रधान (रोशन)को लगानी रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।

विदेशमा रहेका नेपालीको मुद्धालाई फिल्मले उठाएको निर्देशक प्रधानले जानकारी दिए । ‘नेपाली को हुन् भन्ने विषयवस्तु फिल्ममा छ,’ उनले भने, ‘विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सिँदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको महत्व र इतिहास पनि दर्शाउन खोजेका छौं ।’

निर्देशक प्रधान स्वयंको कथा रहेको फिल्ममा दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, रेनिश फागोको रंग संयोजन, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ । फिल्मको छायांकन नेपालको झापा र इलाम, भारतको सिक्किम र दार्जिलिङ तथा अमेरिकामा गरिएको हो ।

Most Visited News (monthly)