मिति : २०८१ फाल्गुन ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘लाज शरणम्’को प्रचारप्रसार नगर्न अदालतको आदेश

फिल्मीखबर, काठमाडौं, 2025/02/18

blog

 

यही फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्धामा मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’

अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचारप्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको हो । बुधबार फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम थियो । तर, अदालतको आदेशसँगै ट्रेलर रिलिज रोकिने भएको छ । अब निर्मातालाई जति सक्दो चाँडो फिल्मको सेन्सर गराउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

फिल्मको पोस्टर सार्वजनिक भएसँगै कलाकार सिताराम कट्टेलको गेटअप पूर्वमन्त्री आलमसँग मिलेको चर्चा भएको थियो । अन्ततः यो विषय अदालत नै प्रवेश गरेको छ । आलमले अदालतमा दायर गरेको मुद्धामा फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाइएको छ ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । फिल्ममा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । यसको छायांकन सुदीप बरालले गरेका हुन् ।

Most Visited News (monthly)