मिति : २०८१ फाल्गुन ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पा बनिन् ‘ओशो सन्यासी’, पाइन् ‘माँ प्रेम हाँस्या’ नाम

फिल्मीखबर, काठमाडौं, 2025/02/19

shilpa pokharel

 

लामो समयदेखि चलिरहेको पूर्वपति छविराज ओझासँगको मानाचामलको मुद्दा किनारा लागेसँगै अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छन् । उनले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा आनन्द अरुणबाट ‘नवसन्न्यास दीक्षा’ ग्रहण गरेकी हुन् । सन्न्यास धारण गर्नुअघि उनले तपोवनमा १० दिनसम्म ध्यान गरेकी थिइन् । उनले नयाँ नाम समेत पाएकी छन्, ‘माँ प्रेम हाँस्या’ ।

शिल्पा ‘ओशो सन्यासी’ बनेको जानकारी अभिनेत्रीबाट सन्यासी बनेकी शोभिता सिंखडाले फेसबुकमार्फत गराएकी हुन् । उनले ‘ओशो परिवारमा स्वागत छ’ भन्दै सेअर गरेको तस्वीर र भिडियोमा शिल्पा सेतो पहिरनमा देखिएकी छन् भने गलामा ओशोको तस्वीर अंकित लकेटसहितको माला छ । तस्वीरमा उनलाई खुसी भावमा देख्न सकिन्छ ।

करिब ६ महिनाअघि शिल्पा र छविबीचको डिभोर्सको मुद्धा किनारा लागेको थियो । उनले सम्पत्तिको रुपमा पूर्वपति ओझाबाट ५ आनामा बनेको काठमाडौंको गौरीघाटमा रहेको घर लिएकी छन् । जग्गासहित उक्त घरको मूल्य ५ करोडमाथि रहेको जानकारी प्राप्त छ । उनले खन्डहरजस्तो घरलाई आफूले ४० लाख खर्च गरेर मर्मतसम्भार गरेको एक अन्तर्वार्तामा बताएकी छन् ।

म्यूजिक भिडियो हुँदै शिल्पाले छवि ओझाको निर्माणमा बनेको फिल्म ‘लज्जा’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । यसपछि ‘हवल्दार सुन्तली’, ‘मंगलम’, ‘फागु’, ‘विरांगना’, ‘वृन्दावन’, ‘किस्मत २’ जस्ता फिल्ममा काम गरेकी उनले ‘जय शम्भो’, ‘प्रेमगीत २’ र ‘वान म्यान आर्मी’ गरी तीनवटा भोजपुरी फिल्म पनि गरिसकेकी छन् । उनको नयाँ नेपाली फिल्म ‘आर्या’ प्रदर्शनको पखाईमा छ ।

Most Visited News (monthly)