मिति : २०८१ फाल्गुन ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माग्ने राजा’मा थपिए विल्सन, केदारसँग ७ वर्षपछि सहकार्य

फिल्मीखबर, काठमाडौं, 2025/02/20

Takme and Magne

 

कलाकार केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’को कलाकार टोलीमा विल्सन विक्रम राई पनि सामेल भएका छन् । मंगलबार निर्माताले विल्सनसँग लिखित सम्झौता गरेका हुन् । योसँगै फिल्ममा केदार र विल्सनको जुगलबन्दी पक्का भएको छ । दुवैले ७ वर्षपछि फिल्ममा सँगै काम गर्न लागेका हुन् । पछिल्लो पटक उनीहरुले फिल्म ‘रामकहानी’मा सहकार्य गरेका थिए ।

विल्सनलाई चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा अभिनयको मौका दिएर उनको चरित्रलाई ‘तक्मे बुढा’ नामाकरण गरिदिने केदार नै थिए । यही कारण केदारलाई विल्सनले गुरुको रुपमा मान्ने गरेका छन् । मंगलबार फिल्ममा ‘तक्मे बुढा’लाई स्वागत गर्दै केदार घिमिरेले लामो समयपछिको सहकार्यलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिए ।

‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौँ । अखण्ड प्रयासका बावजुद पनि फिल्ममा सहकार्य जुर्न सकेको थिएन,’ उनले भने, ‘तर ‘माग्ने राजा’मा हामी दुवैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ ।’ केदारसँगको सहकार्यलाई लिएर विल्सन पनि उत्साहित देखिएका छन् ।

ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि नै आर्यन सिग्देल, वर्षा सिवाकोटी, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ लगायतका कलाकार तय छन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा लेखन रहेको छ । फिल्मको यही महाशिवरात्रीको दिनदेखि छायांकन सुरु हुँदैछ ।

Most Visited News (monthly)