मिति : २०८१ फाल्गुन १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यापक काँटछाँटपछि प्रदर्शनमा आयो ‘ताण्डवम्’

फिल्मीखबर, काठमाडौं, 2025/02/21

tandawam

 

अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा समेत रोकिएको फिल्म ‘ताण्डवम्’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्माताले १० मिनेट लामो दृश्य काटेपछि बिहीबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट प्रदान गर्दै फिल्मलाई प्रदर्शन अनुमति दिएको थियो । यो फिल्म १६ वर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।

फिल्मका निर्देशक तथा अभिनेता जुनिम गहतराजले कथाको मर्म नमर्ने गरि हिंसात्मक दृश्य काटिएको बताएका छन् । उनका अनुसार पहिलो पटक सेन्सरमा लैजाँदा फिल्मको रनटाइम २ घण्टा ६ मिनेट थियो । अब १ घण्टा ५६ मिनेट छ । लामो समयदेखि कलरिस्टको रुपमा काम गर्दै आइरहेको उनको यो डेब्यु निर्देशकीय फिल्म हो ।

क्राइम-थ्रिलर जनरामा बनेको फिल्ममा जुनिम गहतराज, पुष्कर गुरुङ, प्रेम सुब्बा, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे लगायतको अभिनय रहेको छ । एक नवविवाहित जोडी पहिलो सन्तानको स्वागतको तयारीमा रहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथामा फिल्म केन्द्रित छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोसँग निर्माणमा सहकार्य गरेको फिल्ममा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माताको रुपमा छन् । हरि घले लामाको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ । फिल्मको कथा, पटकथा एवं संवाद अनिरुद्ध आत्रेय र हुसेनले मिलेर लेखेका हुन् ।

Most Visited News (monthly)