मिति : २०८१ फाल्गुन १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंशमा केन्द्रित ‘भूठान’ टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/02/21

Hari Bansha Acharya

 

‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान : घर हराएको मान्छे’को टिजर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेता हरिवंश आचार्यमा केन्द्रित रहेको टिजरले आफनो देश भुटान फर्कन खोजेको एक पात्रको कथा भन्छ । हरिवंश भुटानी आप्रवासीको भूमिकामा प्रस्तुत छन् । उनको अभिनय सशक्त देखिन्छ ।

टिजरको अन्तिम दुई दृश्य अर्थपूर्ण छन् । एक दृश्यमा हरिवंश बाथरुममा नग्न अवस्थामा छन् । यद्यपि, उनको अनुहार देखाइएको छैन । यसले उनको पात्र मानसिक रुपमा विक्षिप्त रहेको दर्शाउँछ । अर्को दृश्यमा चर्चका पास्टरले हरिवंशलाई पानीमा डुबाएर निकाल्दै भनेका छन्, ‘तिम्रो पुर्नजन्म भयो ।’ यी दुई दृश्यले फिल्मको कथावस्तु गम्भीर रहेको जनाउँछ ।

टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, जोयश पाण्डे, पूजा चन्द, ऋचा घिमिरे, हलिउड अभिनेता ब्रूस डर्न लगायत पनि प्रस्तुत छन् । अनुराधा मजुमदार, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको पनि अभिनय रहेको फिल्मको अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको छ । अमेरिकामा छायांकन भएको फिल्मको निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् ।

आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, सम्बरन प्रेथु राईको संगीत तथा अन्जन गजुरेलको कला निर्देशन छ । भुटानदेखि नेपाल र अहिले अमेरिकामा रहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशी भूमिमा बस्नुपर्दा आफनो जन्मघर हराएको आप्रवासीको पीडालाई फिल्मले प्रस्तुत गर्ने जनाइएको छ ।
 

Most Visited News (monthly)