मिति : २०८१ फाल्गुन १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

१३ वर्षपछि फिल्म गर्दै उत्तम, ‘कल्ली’का लागि आइपुगे नेपाल

फिल्मीखबर, काठमाडौं, 2025/02/21

uttam pradhan

 

‘दर्पण छायाँ’ फेम्ड अभिनेता उत्तम प्रधान आफ्नो कमब्याक फिल्म ‘कल्ली’को छायांकनका लागि काठमाडौं आइपुगेका छन् । परिवारसहित भारतको सिक्किममा बस्दै आएका उनी बिहीबार बिहान काठमाडौं ओर्लिएका हुन् । उनलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । फिल्मको छायांकनका लागि उत्तम ३५ दिनसम्म नेपालमा रहनेछन् ।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको ‘कल्ली’बाट उत्तमले १३ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनी पछिल्लो पटक सन् २०१२ मा रिलिज भएको फिल्म ‘इशारा’मा देखिएका थिए । उनले लामो समयपछि फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन् । फिल्ममा उनको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा बन्न लागेको फिल्ममा निर्देशक सुनार स्वयंको कथा छ । हिमाल कडरिया र अमलादेवी राई फिल्मका निर्माता हुन् । यसमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

भोलि शनिबारबाट छायांकन सुरु हुन लागेको फिल्ममा उत्तमसहित सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, वर्षा राउत, नाजिर हुसेन, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, बेगम नेपाली (भटभटे माइला) लगायतको अभिनय रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई निसाल पौडेलले छायांकन गर्नेछन् । यो फिल्म पौराणिक कथामा बन्ने जनाइएको छ ।

Most Visited News (monthly)