आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक गरिएको छ । गीतमा अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर छ । गायनमा अल्मोडालाई सुमन परियारले साथ दिएकी छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र सागर खनाल क्लबमा मस्ती मुडमा देखिएका छन् । महेश र सागर दुवैसँग सृष्टिको प्रेमलाप देख्न सकिन्छ । निर्देशक केशव पाण्डेले फिल्ममा उक्त गीतलाई कथावाचनको रुपमा प्रयोग गरिएको जानकारी दिए ।
एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी लगायतको पनि अभिनय रहेको फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । एमएस अगराज कार्यकारी निर्मातामा छन् ।
कुवेर सिने डिष्ट्रीब्युसनले वितरण अधिकार लिएको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी तथा पासाङ दावा शेर्पाको सम्पादन छ । क्राइम-थ्रिलर जनरामा निर्माण भएको फिल्मको केही दिनअघि सार्वजनिक टिजरले युट्युबमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।