अभिनेता दीलिप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा शुक्रबार साँझ कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।
यतिबेला उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न फिल्मकर्मीहरु आर्यघाट पुगेका छन् ।
बुबा अस्पताल भर्ना भएको खबर पाएपछि दीलिप शुक्रबार साँझ ११ बजे काठमाडौं आइपुगेका थिए । रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अडिसनका लागि उनी अमेरिका हुँदै जापान, थाइल्यान्ड र भारत पुगेका थिए । उनी यो शोको निर्णायकमध्येका एक हुन् । यतिबेला हलमा उनी अभिनीत फिल्म ‘रंगी’ प्रदर्शनरत छ ।