मिति : २०८१ फाल्गुन १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फेरि रेशम फिलिली’मा कमेडीसँगै ड्रामा पनि छ : निर्देशक महर्जन

फिल्मीखबर, काठमाडौं, 2025/02/23

Niroj-Maharjan

 

२०७२ सालमा प्रदर्शन भएको फिल्म थियो, ‘रेशम फिलिली’ । यसमा समावेश ‘जालमा’ गीत त्यतिबेला अत्याधिक लोकप्रिय बनेको थियो । यही गीतका कारण फिल्मको ओपनिङ पनि सानदार रह्यो । तर, प्रदर्शनको भोलिपल्ट अर्थात् बैशाख १२ गते विनाशकारी भूकम्प जाँदा फिल्मको रिलिज नै रोकिन पुगेको थियो । अब यही फिल्मको ९ वर्षपछि सिक्वेल आउँदैछ, ‘फेरि रेशम फिलिली’ ।

यो फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । ‘रेशम फिलिली’लाई भने प्रणव जोशीले निर्देशन गरेका थिए । यो फिल्म बन्दा निरोज निर्माण प्रक्रियामा संलग्न थिए । कहिले निर्देशक जोशीलाई असिस्ट गरिराको हुन्थे त कहिले मुख्य अभिनेता विनय श्रेष्ठको डायलग लेखिरहेका हुन्थे । त्यसमा उनले एउटा सानो भूमिकामा अभिनय समेत गरेका छन् ।

‘फेरि रेशम फिलिली’ निर्देशनको हिसाबले निरोजको पहिलो फिल्म हो । नाम चलिसकेको फिल्मको सिक्वेलबाट डेब्यु गर्दा राम्रो हुन्छ भन्ने भएपछि उनी निर्देशनमा होमिएका रहेछन् । भन्छन्, ‘मलाई फिल्म गर्नु थियो । एउटा चलिसकेको नाम भएकाले मलाई डेब्युका लागि यो नै राम्रो हुन्छ जस्तो लाग्यो । र, यसको कथा पूर्ण रुपमा मेरो हो । मलाई भन्न मन लागेको कथा हो । फिलिलीको दुनियाँमा मिलेको कथा भएर पनि निर्देशन गरेँ ।’

निरोज ‘फेरि रेशम फिलिली’ले सिक्वेलको रुपमा दर्शकलाई धोका नदिने दाबी गर्छन् । ‘यो फिल्मले दर्शकलाई वाचा गर्ने भनेको हाँसोको भरपुर मनोरञ्जन हो । फिल्मका दुई पात्र छन्, रेशम र हरिया । हरियाले रेशमलाई आफ्नो बचपना हर्कतले हरदम समस्यामा पारिरहन्छ । यही कुराले कथालाई कमेडीको उचाइमा लैजाँदै दर्शकलाई मनोरञ्जनको खुराक पस्किन्छ,’ उनले भने ।

निरोज पहिलेको जस्तै सिक्वेलले पनि दर्शकलाई हँसाउनेमा विश्वस्त छन् । तर, फिल्ममा कमेडी मात्र नरहेको उनको भनाइ छ । ‘यसमा जुन कथा छ, त्यसले सन्देश पनि दिन्छ । कमेडीको साथमा ड्रामा पनि छ,’ उनी भन्छन्, ‘म त यसलाई अझ कमेडी-ड्रामा भन्न रुचाउँछु । निश्चित रुपमा पहिलोभन्दा कथाको हिसाबले यो अझ राम्रो र फरक छ ।’

फिल्मका दुई पात्र रेशम र हरियाको मित्रताको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिँदै नेपाली समाजमा विकसित मुलुक जानेलाई रोमान्टिसाइज गर्ने र खाडी मलेसियामा जानेप्रति राखिने इत्तर दृष्टिकोणको कथा फिल्मले भन्ने निर्देशक महर्जनको भनाइ छ । उनी फिल्मलाई रेशम र हरिया पात्रको मित्रताको ‘नोस्टालजिया’मा भनिएको फरक परिवेशको कथा भन्न रुचाउँछन् ।

‘फेरि रेशम फिलिली’ ड्रामामा केन्द्रित रहेको र यसमा कन्टेन्ट बलियो बनाइएको निरोजको दाबी छ । ‘फिल्ममा कमेडी त छँदैछ तर विषयका हिसाबले हेर्ने हो भने यो बढी बलियो छ,’ उनी अगाडि भन्छन्, ‘यो फिल्मलाई लिएर म ढुक्क छु । लेख्दा जुन दुनियाँको कल्पना मैले गरेको थिएँ, त्यो पर्दामा मुखरित भएको छ ।’

यही फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे लगायतको अभिनय छ । ‘फेरि जालमा’ गीतको सफलता र कमेडी ट्रेलरका कारण फिल्मलाई लिएर दर्शकमा उत्साह देखिन्छ ।

Most Visited News (monthly)