मिति : २०८१ फाल्गुन १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर पास भयो ‘लाज शरणम्’, रिलिजका लागि बाटो खुल्यो

फिल्मीखबर, काठमाडौं, 2025/02/23

laj saranam

 

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिचर फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार फिल्मको जाँच भएको थियो । केही प्राविधिक कारणले गर्दा बोर्डले आइतबार निर्मातालाई सर्टिफिकेट प्रदान गरेको हो ।

फिल्म सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको छ । अब यही महाशिवरात्रि अर्थात् फागुन १४ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ । फागुन ६ गते उच्च अदालत पाटनले केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिँदासम्म ‘लाज शरणम्’को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो । जसले गर्दा फिल्मको रिलिज नै अन्योल बनेको थियो ।

जेलमा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले वारेसमार्फत फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएपछि फिल्मको भविष्य सेन्सर बोर्डको हातमा थियो । अन्ततः बोर्डबाट फिल्मले प्रदर्शनको अनुमति पाएको छ ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको ‘लाज शरणम्’मा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । सेन्सर पास भएसँगै आइतबार दिउँसो ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्मको दुईवटा प्रमोसनल गीत भने सार्वजनिक भइसकेका छन् ।

Most Visited News (monthly)