मिति : २०८१ फाल्गुन १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कल्ली’को छायांकन सुरु, नाजिर र वर्षा श्रीमान्-श्रीमती

फिल्मीखबर, काठमाडौं, 2025/02/23

kalli

 

निर्माण घोषणाको सात महिनापछि फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धस्थित एक घरबाट फिल्म खिच्न थालिएको हो । फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । यसमा नाजिर र वर्षा श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदैछन् । ३५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंपछि जुम्ला जिल्लामा हुनेछ ।

लक्ष्मण सुनारले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतको पनि अभिनय रहनेछ । फिल्मको घोषणा हुँदा मुख्य भूमिकामा अभिनेता पल शाह थिए । पछि उनलाई हटाएर निर्माताले सौगातलाई लिएका हुन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । निसाल पौडेलले फिल्मको छायांकन गरिरहेका छन् ।

१३ वर्षपछि फिल्ममा कमब्याक गरेका उत्तम प्रधानले कथावस्तु र चरित्र मन परेपछि ‘कल्ली’मा जोडिएको बताए । उनले भने, ‘यो फिल्मको कथावस्तु मलाई एकदमै मनपर्‍यो । मैले यसअघि गरेका फिल्मको भन्दा निकै भिन्न भूमिका रहेकाले पनि काम गर्न तयार भएँ । मलाई यो बीचमा थुप्रै फिल्मबाट अभिनयको प्रस्ताव आएको थियो । तर, भूमिका चित्त नबुझेका कारण काम गरेको थिइनँ ।’

Most Visited News (monthly)