मिति : २०८१ फाल्गुन १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘मायावी’ चल्नैपर्ने दबाबमा पल

फिल्मीखबर, काठमाडौं, 2025/02/24

paul shah

 

अभिनेता पल शाहसँग हिट र फ्लप दुवै फिल्मको अनुभव छ । फिल्म ‘नाइँ नभन्नू ल ४’बाट सुखद् डेब्यु गरेका उनलाई ‘शत्रु गते’ र ‘म यस्तो गीत गाउँछु’को व्यापारिक सफलताले करिअरको उत्कर्षमा पुर्‍याएको थियो । तर, पछिल्लो रिलिज फिल्म ‘रावायण’को असफलताले भने उनलाई निकै ठूलो धक्का दिएको छ । यो फिल्म नचलिदिँदा उनको स्टारडममाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

अब यस वर्षका लागि पलको तेस्रो फिल्म ‘मायावी’ यही बुधबार महाशिवरात्रिबाट प्रदर्शनमा आउँदैछ । ‘रावायण’को असफलताले रन्थनिएका उनलाई आफ्नो करिअर सन्तुलित बनाइराख्न ‘मायावी’ हिट हुनैपर्ने दबाब छ । यसैले उनी यो फिल्मलाई लिएर गम्भीर देखिएका छन् । तर, अर्को फिल्म ‘मोहर’को छायांकनले गर्दा उनले रिलिजको संघारमा प्रचार-प्रसारमा समय दिन पाएका छैनन् ।

‘मोहर’को छायांकनमा जानुअघि पलले विभिन्न मेला-महोत्सवहरुमा पुगेर ‘मायावी’को जोडतोडले प्रचार गरेका थिए । उनी सहभागी भएका हरेक महोत्सवमा मानवसागर नै उर्लिएको देखिन्थ्यो । अब महोत्सवहरुमा उनलाई हेर्न उर्लिएको भीड हलसम्म कति पुग्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण रहनेछ । र, त्यसबाट उनको स्टारडम पनि मापन हुनेछ । यसअर्थ ‘मायावी’ उनका लागि अग्नि परीक्षा हो ।

यो फिल्ममा पल ‘लभर ब्वाई’को भूमिकामा छन् । दर्शकले उनलाई रुचाएको यही किसिमको भूमिकामा हो । त्यसमाथि उनले पूर्ण लभस्टोरी फिल्म धेरैपछि गरेकाले ‘मायावी’ दर्शकको रोजाइ बन्न सक्ने सम्भावना देखिन्छ । दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा पलको जोडी भएर दीपिका प्रसाईं प्रस्तुत छिन् । यो ‘फ्रेस जोडी’का कारण पनि फिल्मप्रति दर्शकमा चासो देखिएको छ ।

Most Visited News (monthly)