मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘न्याय’ शीर्षकमा ‘आउट ल’को ‘र्‍याप प्रतियोगिता’

फिल्मीखबर, काठमाडौं, 2025/02/25

outlaw

 

फागुको अवसर पारेर यही फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको एक्सन फिल्म ‘आउट ल : दफा २१९’ले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगिता’ आयोजना गरेको छ । यसमा सहभागी हुन इच्छुकले ‘न्याय’ शीर्षकमा र्‍याप गीत तयार पारेर पठाउनुपर्ने निर्माता अमित अग्रहरिले जानकारी दिए । उनका अनुसार प्रतिस्पर्धीले आफूले लेखेको गीतलाई रेकर्ड गराएर भिडियो पठाउन सक्नेछन् ।

प्रतियोगीले भिडियो आफ्नो सामाजिक सञ्जालमा पनि सेअर गर्नुपर्नेछ । धेरै लाइक्स र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले आकर्षक पुरस्कार प्राप्त गर्ने जनाइएको छ । फागुनको २३ गतेसम्म र्‍याप भिडियो पठाउनुपर्नेछ । ‘न्याय’को कथामा फिल्म बनेकाले यसैमा प्रतियोगिता आयोजना गरिएको निर्माता अग्रहरिले बताए । यो प्रतियोगितामा रियालिटी शो ‘नेपहपको श्रीपेच’ले सहकार्य गरेको छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको यसै साता ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । यसमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतको अभिनय रहेको छ । फिल्ममा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह-निर्मातामा छन् । नविन गुरुङको फिल्ममा छायांकन रहेको छ ।

Most Visited News (monthly)