मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

धीरजको दृश्य खिच्दै ‘कुस्ती’को छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2025/02/25

dhiraj magar

 

कलाकार बुद्धि तामाङ ‘हैट’को पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’को छायांकन सुरु गरिएको छ । मंगलबार काठमाडौँस्थित मातातीर्थमा मुहूर्त पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो सट मुख्य कलाकारहरु धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरले दिएका थिए । काठमाडौँमा ४५ दिनसम्म फिल्मको छायांकन गरिने निर्देशक अनिल योञ्जनले बताए ।

अनुषा सिनेमावुड पिक्चर्सको व्यानरमा निर्माण हुने फिल्ममा धीरजको जोडीको रुपमा अभिनेत्री मिरुना मगर देखिनेछिन् । बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

निर्देशक योञ्जनले प्रेम सम्बन्धमा रहेका एक जोडीको कथा फिल्मले भन्ने जानकारी दिए । उनले भने, ‘उनीहरु एकअर्कालाई माया त गर्छन्, तर आ-आफ्नो स्वभावले गर्दा सँगै रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूरा गर्ने हाम्रो प्रयास रहनेछ ।’ यसमा उनी स्वयंको लेखन छ । यसअघि उनले फिल्म ‘डायरी’ निर्देशन गरेका थिए ।

पहिलो पटक फिल्म निर्माणमा होमिएका बुद्धि तामाङले आफू उत्साहितसँगै नर्भस रहेको बताए । उनले भने, ‘मैले कलाकारितामा बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गर्ने कोसिस गर्दैछु । एउटा राम्रो कथा र राम्रो टिम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पूरा भएर पर्दामा आउँदैछ ।’

फिल्ममा उमोङ्ग शाही छायाँकार, मित्रदेव गुरुङ सम्पादक, दीपक शर्मा, निर्देशक योञ्जन र कल्याण सिंह संगीतकार तथा शिशिर खाती नृत्य निर्देशकमा छन् । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् । ‘कुस्ती’लाई आउँदो वर्ष अर्थात् २०८२ को भदौमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Most Visited News (monthly)