मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा त्रिपक्षीय भिडन्त, ‘लाज शरणम्’को हाउसफुल सुरुवात

फिल्मीखबर, काठमाडौं, 2025/02/26

three nepali movie

 

महाशिवरात्रिको अवसर पारेर बुधबारबाट तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’बीच बक्स अफिस प्रतिस्पर्धा सुरु भएको छ । यी तीनवटै फिल्मले मल्टीप्लेक्सहरुमा उत्साहजनक शो पाएका छन् । ‘लाज शरणम्’ अन्य दुई फिल्मभन्दा शोमा अगाडि देखिन्छ । र, यसको बुकिङ पनि उत्साहप्रद छ । काठमाडौंमा फिल्मको बिहानका धेरैजसो शो हाउसफुल भएका छन् ।

मंगलबार नै फिल्मको केही शो ‘सोल्डआउट’ भइसकेका थिए । बुधबारका लागि फिल्मले पाएको १ सय ८० बढी शोमध्ये लगभग आधामा ६० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ । बिहानैदेखि ‘डोरसेल’ पनि राम्रो रहेकाले फिल्मको ओपनिङ उत्साहजनक हुने देखिन्छ । अब ‘वर्ड अफ माउथ’ कस्तो रहन्छ, त्यसले फिल्मको व्यापारिक भविष्य निर्धारण गर्नेछ ।

‘मायावी’ र ‘फेरि रेशम फिलिली’को भने बिहानी शो औसत देखिएको छ । यद्यपि, यी दुवै फिल्मको टिकट खरिद गर्ने दर्शकहरु बढिरहेका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा दिउँसोबाट दुवै फिल्मले गति समात्न सक्छन् । तर, यी दुई फिल्मलाई बक्स अफिसमा ‘लाज शरणम्’ ठूलो चुनौती बन्न सक्ने सम्भावना देखिएको छ ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको ‘लाज शरणम्’मा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, महेश त्रिपाठी लगायतको अभिनय छ भने दीवाकर भट्टराईको निर्देशनमा बनेको ‘मायावी’मा पल शाह र दीपिका प्रसाईं शीर्ष भूमिकामा छन् । त्यस्तै, निरोज महर्जनको निर्देशन रहेको ‘फेरि रेशम फिलिली’मा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, निर शाह लगायतको अभिनय छ ।

Most Visited News (monthly)