मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालकी बुहारी बनिन् ‘जुगजुग जियो’की हिरोइन प्रजक्ता

फिल्मीखबर, काठमाडौं, 2025/02/26

Prajakta Koli

 

बलिउड फिल्म ‘जुगजुग जियो’ (२०२२)मा अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा भएको हो । दुवैले विवाहका तस्वीर सामाजिक सञ्जालमा सेअर गरेका छन् ।

विवाहमा वृशांकले सेतो शेरवानी र प्रजक्ताले सुनौलो रंगको लेहेंगा लगाएकी थिइन् । यो जोडीको विवाह हिन्दू परम्पराअनुसार भएको हो । विवाहको केही तस्वीरमा प्रजक्ताले नौगेडी र लामो तिलहरी लगाएको देखिन्छ । उनलाई बलिउड कलाकारहरु मनिषा कोइराला, हुमा कुरैसी, दीया मिर्जा, विक्रान्त मेस्सी, अनन्या पाण्डे, जरिन खान लगायतले बधाई दिएका छन् ।

वृशांक र प्रजक्ता सन् २०११ देखि प्रेम सम्बन्धमा थिए । मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने क्रममा एकजना संयुक्त साथीको माध्यमबाट उनीहरुबीच चिनजान भएको थियो । वृशांकसँग भेट गर्न प्रजक्ता काठमाडौं आइरहेकी हुन्थिन् । केही समयअघि उनले कमेडियन भारती सिंहको पोडकास्टमा काठमाडौं आफ्नो सबैभन्दा मनपर्ने ठाउँ रहेको बताएकी थिइन् ।

वृशांक कर्पोरेट लयर हुन् । प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । ‘मोस्टलीसेन’को रुपमा परिचित उनी चर्चित युट्युबर समेत हुन् । सामाजिक सञ्जालमा प्रजक्तालाई पछ्याउनेको संख्या ठूलो छ ।
 

Most Visited News (monthly)