मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले सुरु गरे ‘कोशेढुंगा’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/02/26

koshedhunga (2)

 

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु गरेका छन् । महाशिवरात्रिको अवसर पारेर बुधबार च्यासलस्थित सेटमा मुहूर्त पूजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । करिब एक हप्ता काठमाडौंमा छायांकन हुनेछ । त्यसपछि बाँकी छायांकन स्याङ्जाको गाउँमा गरिने निर्देशक पौडेलले जानकारी दिए ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । फिल्मको कथा उनीमै केन्द्रित हुनेछ । उनीसहित फिल्ममा आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायतको अभिनय रहनेछ । फिल्म महिलाप्रधान रहेको निर्देशक पौडेलले बताए ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्मातामा छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्मको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

 

koshedhunga (2)


सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा ४७ करोडमाथि व्यापार गरेको छ । यसअघि कुनै नेपाली फिल्मले यो अंक जोड्न सकेका थिएनन् । ‘सारङ्गी’को अभूतपूर्व व्यापारिक सफलताले निर्देशक पौडेललाई ठूलो चुनौती थपिएको छ । उनलाई अब उत्कृष्ट फिल्म निकाल्नुपर्ने दबाब छ । निर्माताले ‘कोशेढुंगा’लाई २०८२ सालमा रिलिज गर्ने लक्ष्य राखेका छन् ।

Most Visited News (monthly)