मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फेरि रेशम फिलिली’लाई प्रिमियरमा भनियो- ‘बबाल रमाइलो’

फिल्मीखबर, काठमाडौं, 2025/02/26

Feri Resham Filili

 

शिवरात्रिको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आएको ९ वर्षअघिको फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ले मंगलबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । प्रिमियरमा उपस्थित प्रायःले फिल्मको विषय उठान, कलाकारहरुको अभिनय र नव-निर्देशक निरोज महर्जनको कथावाचन शैलीको प्रशंसामा शब्द खर्चिए ।

निर्देशक तथा निर्माता अशोक शर्माले फिल्मलाई ‘बबाल रमाइलो’ भन्दै ‘थम्सअप’ गरे । ‘ऊनको स्वीटर’बाट निर्देशनमा डेब्यु गरेका नविन चौहानले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । त्यस्तै, ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले फिल्म आफूले सोचेभन्दा राम्रो बनेको बताउँदै कामेश्वर चौरसियाको कामको तारिफ गरे ।

‘पिताम्बर’ फेम्ड निर्देशक कृषा चौलागाईंले फिल्म ‘उत्कृष्ट’ बनेको दाबी गरिन् । यो फिल्म नहेरे रमाइलो गर्नै विर्सिने उनको भनाइ थियो । अभिनेत्री ऋचा शर्माले ‘कमेडी च्याम्पियन’पछि ‘फेरि रेशम फिलिली’ हेरेर आफूले ‘एकदमै रमाइलो’ लिएको बताइन् । अर्की अभिनेत्री शिल्पा मास्केले फिल्म ‘मनोरञ्जक र सन्देशमुलक’ रहेको प्रतिक्रिया दिइन् ।

प्रिमियरमा उपस्थित भएका निर्देशक तथा कवि उपेन्द्र सुब्बा, संगीतकार कालिप्रसाद बाँस्कोटा, निर्देशकहरु सुयोग गुरुङ, विशाल भण्डारी, कमेडियनहरु सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की लगायतले पनि फिल्म रमाइलो बनेको बताउँदै दर्शकलाई हेर्न आग्रह गरे । प्रिमियरमा सबैभन्दा बढी तारिफ कलाकार कामेश्वर चौरसियाको अभिनयको भएको थियो ।

 

Feri Resham Filili


फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ । रौनक विक्रम कँडेलको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् । फिल्मले नेपालीहरुको अमेरिका मोहको कथालाई हास्य शैलीमा भनेको छ ।

Most Visited News (monthly)