मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ लक्ष्मीपूजामा

फिल्मीखबर, काठमाडौं, 2025/02/27

Baristha Balaram

 

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार युट्युबमार्फत टाइटल टिजर सार्वजनिक गर्दै आगामी वर्षको लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई एकल रिलिजको अवसर छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको फिल्ममा दयाहाङ र विजयसहित पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतको अभिनय रहनेछ । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्मलाई उनी आफैंले सम्पादन गर्नेछन् । फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।

आगामी साताबाट छायांकनको तयारी गरिएको फिल्म सामाजिक कथावस्तु बन्ने निर्देशक पौडेलले जानकारी दिए । तराईका विभिन्न स्थानमा छायांकन गर्न लागिएको फिल्मलाई मनकृष्ण महर्जनले खिच्नेछन् । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य द्वन्द्व निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी रहनेछ ।

तीन दर्जन बढी नेपाली फिल्मको सम्पादन गरिसकेका सुरेन्द्रले सन् २०१५ मा रिलिज भएको फिल्म ‘आभास’बाट निर्देशनमा डेब्यु गरेका थिए । यसपछि अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै ‘कृ’ बनाएका उनको पछिल्लो निर्देशित फिल्म ‘बाबरी’ हो । अघिल्ला तीन फिल्मभन्दा ‘वरिष्ठ बलराम’ उत्कृष्ट बनाउने उनको अठोट छ । फिल्मको निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टले गर्नेछ ।

 

Most Visited News (monthly)