मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मायावी’ गीत : दीपिकासँग पल र समीमको प्रेम

फिल्मीखबर, काठमाडौं, 2025/02/27

Paul Shah, Deepika Prasain, Samim Khan

 

महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’को पाँचौं गीत सार्वजनिक गरिएको छ । ‘बिहानीको न्यानो मौसम’ बोलको सार्वजनिक गीतमा एसडी योगीको पार्श्व गायन तथा संगीत छ भने राम अविरल बिष्टको शब्द रचना रहेको छ । यसलाई निर्माण टिमले फिल्मको सबैभन्दा सशक्त गीत मानेको छ । फिल्म हेरेका दर्शकहरुले पनि यो गीतलाई रुचाएका छन् ।

जोमसोममा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाईं र समीम खान (नव-नायक) प्रस्तुत छन् । भिडियोमा दीपिकाप्रति पल र समीमको प्रेमभाव देख्न सकिन्छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको गीतले प्रष्ट पार्छ । निर्देशक दिवाकर भट्टराईले फिल्ममा यो गीत महत्त्वपूर्ण रहेको बताए ।

निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्ममा पल, दीपिका र समीमसहित प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी लगायतको अभिनय छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन तथा कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ ।

‘मायावी’ले बुधबार सुखद व्यापार गरेको थियो । काठमाडौं, नेपालगञ्ज जस्ता सहरमा फिल्मका केही शो हाउसफुल भएका थिए । बिहीबार भने फिल्मको व्यापारमा गिरावट आएको छ । भोलि शुक्रबार ग्याल्बो ल्होसार र शनिबारको विदामा फिल्मले फेरि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ । दर्शकीय प्रतिक्रिया उत्कृष्ट भएकाले फिल्म हलमा लामो रेसको घोडा बन्ने विश्वास निर्माताको छ ।

 

Most Visited News (monthly)