मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोचक संयोग : ‘फेरि रेशम फिलिली’ चल्दा पनि भूकम्प

फिल्मीखबर, काठमाडौं, 2025/02/28

‘फेरि रेशम फिलिली’ आजदेखि सिनेमा घरमा

 

२०७२ सालको बैशाख ११ गते प्रदर्शनमा आएको फिल्म थियो, ‘रेशम फिलिली’ । ‘जालमा’ गीतको लोकप्रियताका कारण फिल्मले उत्साहजनक ओपनिङ गर्‍यो । तर, रिलिजको दोस्रो दिन अर्थात् बैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएपछि फिल्म चल्नै पाएन । ९ वर्षपछि यसको सिक्वेल यतिबेला हलहरुमा प्रदर्शनरत छ । यसपटक पनि फिल्म रिलिज र भूकम्पको संयोग जुरेको छ ।

शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसपछि सामाजिक सञ्जालमा ‘फेरि रेशम फिलिली’ रिलिज भएकाले भूकम्प गएको भन्दै चर्चा भइरहेको छ । ‘माग्ने बुढा’को रुपमा परिचित कलाकार केदार घिमिरेले भूकम्प लगत्तै फेसबुकमा एक पोस्ट गर्दै ‘रेशम फिलिली’ र भूकम्पको सम्बन्धबारे जिज्ञासा राखेका थिए ।

‘रेशम फिलिली’ र भूकम्पको सम्बन्धलाई लिएर यतिबेला सामाजिक सञ्जाल नै रंगिएको छ । ट्रोल पनि उतिक्कै बनेका छन् । यसले फिल्मप्रति नै दर्शकको चासो बढाएको छ । महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आएको ‘फेरि रेशम फिलिली’ यतिबेला व्यापारमा सुधारका लागि संघर्ष गरिरहेको छ । अपेक्षाकृत ओपनिङ गर्न नसकेको भए पनि फिल्मलाई दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ ।



 

नेपालीहरुको अमेरिका मोहको कथामा बनेको फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय रहेको छ । फिल्म हेर्ने प्रायः दर्शकले कामेश्वरको अभिनय बढी रुचाएका छन् । निरोज महर्जनको निर्देशनमा तयार भएको फिल्मलाई ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।