मिति : २०८१ फाल्गुन १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र खगेन्द्रले सकाए ‘महाभोज’को छायांकन, रिलिज कहिले ?

फिल्मीखबर, काठमाडौं, 2025/03/01

MAHABHOJ END CLAP 2

 

निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सकाएका छन् । कास्कीको घाचोकपछि काठमाडौंमा अन्तिम चरणको छायांकन गर्दै ३५ दिनमा शुक्रबार फिल्म प्याकअप भएको हो । इन्डक्ल्यापमा फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य खिचिएको थियो । फिल्मको घाचोकमा ३३ दिन र काठमाडौंमा २ दिन छायांकन भएको हो ।

निर्देशक राउतका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्धको कथामा आधारित छ । सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही स्वर फिल्मले प्रस्तुत गर्ने उनले बताए । ‘महाभोज’ उनको आठौँ फिल्म हो । उनी निर्देशित पछिल्लो फिल्म ‘पूजार सार्की’ सुपरहिट बनेको थियो ।

फिल्ममा खगेन्द्र र अञ्जनासहित आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल लगायतको अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् ।

विकास सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ भने निमेष श्रेष्ठले सम्पादन गर्नेछन् । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा वितरण गर्न लागेको फिल्मको अहिलेसम्म प्रदर्शन मिति घोषणा गरिएको छैन । बुझिए अनुसार ‘पूजार सार्की’ जुन मितिमा रिलिज भएको थियो, त्यही मिति अर्थात् आगामी जेठ १० गते ‘महाभोज’ रिलिजको तयारी गरिएको छ ।

Most Visited News (monthly)