मिति : २०८१ फाल्गुन १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2025/03/02

𝐀𝐁𝐇𝐈𝐌𝐀𝐍𝐘𝐔

 

घरेलु बक्स अफिसमा सर्वाधिक कमाइको रेकर्ड बनाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माता कम्पनी सेभेन सिज सिनेमाका विनोद पौडेलले नयाँ फिल्मको रुपमा ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षकसहित आगामी साउन २४ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् ।

हिन्दी र नेपाली भाषामा तयार हुन लागेको फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनको चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किनका लागि पात्रले गर्ने संघर्षको कथामा फिल्म बन्ने जनाइएको छ । यसमा मुकेश खनालको लेखन छ भने क्रियटिभ निर्देशकको रूपमा मदन थापा रहेका छन् । फिल्ममा कलाकार भने तय भएका छैनन् ।

फिल्मको निर्मातामा विनोदसहित गुञ्जन गिरी तथा सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । निर्माता पौडेलले ‘अभिमन्यु’बारे भनेका छन्, ‘हामीले फरक धारको फिल्मको प्रयास गर्दैछौं । ‘रिक्स फ्याक्टर’लाई राम्रोसँग बुझेका पनि छौं तर डरको अगाडि जित हुन्छ भन्ने सोचेर फिल्म बनाउन लागेका छौं ।’ उनी चाँडै ‘रोल नंं. एक’ र ‘पूर्णबहादुरको सारङ्गी २’ पनि निर्माण गर्ने तयारीमा छन् ।