संसारकै सबैभन्दा प्रतिष्ठित मानिएको ‘ओस्कार अवार्ड’मा सेक्स वर्करको कहानीमा आधारित भएर बनेको फिल्म ‘अनोरा’ले वर्चश्व कायम गरेको छ । सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित समारोहमा यो फिल्मले पाँच विधामा अवार्ड जित्न सफल भयो । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा विधामा फिल्मले अवार्ड जितेको हो ।
ओस्कारमा ‘अनोरा’पछि धेरै अवार्ड दुई फिल्म ‘द ब्रुटलिस्ट’ र ‘एमिलिया पेरेज’ले जित्न सफल भए । दुवै फिल्मले तीन-तीन विधामा अवार्ड प्राप्त गरेका हुन् । ‘ड्युन पार्ट २’ र ‘विक्ड’ले भने समान दुई-दुई विधामा अवार्ड जितेका छन् । त्यसैगरी, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड ‘आइएम स्टिल हेयर’ले प्राप्त गर्यो । यो विधामा नेपालबाट फिल्म ‘शाम्बाला’ पनि सिफारिस भएको थियो ।
क-कसले जिते ओस्कार अवार्ड ?
फिल्म : अनोरा
डाइरेक्टर : सिन बेकर (अनोरा)
एक्टर : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
एक्ट्रेस : मिकी माडिसन (अनोरा)
एक्ट्रेस सपोर्टिङ रोल : जोय साल्दाना (एमिलिया पेरेज)
एक्टर सपोर्टिङ रोल : किरन कल्किन (अ रियल पेन)
फिल्म इडिटिङ : सिन बेकर (अनोरा)
सिनेमेटोग्राफी : लल क्रली (द ब्रुटलिस्ट)
एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
ओरिजिनल स्क्रिनप्ले : सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइन : विक्ड
एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस
प्रोडक्सन डिजाइन : विक्ड
ओरिजिनल सङ : एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचर फिल्म : नो अदर ल्याण्ड
बेस्ट सपोर्टिङ एक्ट्रेस : जोई सल्दाना (एमिलिया पेरेज)
भिजुअल इफेक्ट : ड्युन पार्ट २
साउण्ड : ड्युन पार्ट २
लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स
इन्टरनेशनल फिचर फिल्म : आइएम स्टिल हेयर (ब्राजिल)
ओरिजिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटलिस्ट)