मिति : २०८१ फाल्गुन १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राजागंज’ ट्रेलर : मधेश आन्दोलनको पृष्ठभूमिमा बालक अपहरणको कथा

फिल्मीखबर, काठमाडौं, 2025/03/03

Dayahang Rai, Asha Magrati, Bijay Baral

 

‘सेतो सूर्य’ र ‘हाइवे’बाट अन्तर्राष्ट्रिय ख्याती कमाएका निर्देशक एवं लेखक दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ (पूजा, सर)को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि त्यसको विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर फिल्मको कथा भनिएको जानकारी गराउँछ ।

मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद् र विद्यालयकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न गरेको संघर्ष र त्यस क्रममा आइपर्ने जटिलतामा केन्द्रित रहेको ट्रेलरमा प्रहरीको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती बढी हावी छिन् ।

कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै सबैभन्दा ठूलो फिल्म रहेको बताए । उनले भने, ‘मैले यसअघि यति ठूलो फिल्म बनाएको थिइनँ । कलाकारसहित फिल्ममा एक हजार संलग्न थिएँ ।’ उनले फिल्मलाई सन् २०१५ को परिवेशमा तयार पारिएको जानकारी दिए । अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा फिल्म प्रशंसित भएकाले नेपाली दर्शकलाई पनि मनपर्ने उनको विश्वास छ ।

आगामी चैत १ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक (पूर्वमिस नेपाल), गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ । फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान जस्ता विश्वका प्रतिष्ठित महोत्सवहरु घुमिसकेको छ ।

आदि फिल्मसको तर्फबाट दीपक रौनियार र आशा मगराती, ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको तर्फबाट रामबाबु गुरुङ तथा तन्हाउसर गेटको तर्फबाट एलन आर मिलिगनले फिल्मको निर्माणमा सहकार्य गरेका छन् । नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोग समेत प्राप्त गरेको फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप रहेका छन् ।