मिति : २०८१ फाल्गुन २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कृषाले ‘पिताम्बर’को प्रिक्वेल बनाउने, एक घण्टाको फुटेज तयार

फिल्मीखबर, काठमाडौं, 2025/03/04

Krisha Chaulagain

 

कुनै पनि फिल्म सफल भएपछि त्यसको सिक्वेल वा सिरिज बनाउने विश्वव्यापी ‘ट्रेन्ड’ छ । तर, प्रिक्वेल (पहिलो भाग) निर्माण भएका फिल्म भने उति धेरै छैनन् । नेपालमा पनि प्रिक्वेल फिल्म बनेका छैनन् । आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’को भने प्रिक्वेल बनाउने योजनामा निर्देशक कृषा चौलागाईं छिन् । त्यसका लागि आधाउधी छायांकन पनि भैसकेको छ ।

मंगलबार फिल्मीखबरसँगको कुराकानीमा निर्देशक चौलागाईंले ‘पिताम्बर’को प्रिक्वेल बन्ने जानकारी दिँदै भनिन्, ‘धेरैजसो फिल्मको सिक्वेल बन्छ । ‘पिताम्बर’को चाहिँ प्रिक्वेल आउँछ । हामीले थुप्रै सिनहरू खिचिसकेका छौं । एक घण्टाको फुटेज तयार भइसकेको छ । अब ‘कन्क्लुजन’ (निष्कर्ष)का लागि एक घण्टा जति खिच्न बाँकी छ । यसैले ‘पिताम्बर’ दर्शकका लागि पनि रोचक हुनसक्छ ।’

‘पिताम्बर’ उनको दोस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘ऐंचो पैंचो’को निर्देशन गरेकी थिइन् । निर्देशनमा आउनुअघि उनले फिल्म निर्माण गर्दै आइरहेकी थिइन् । उनले ‘कसम हजुरको’, ‘इन्साफ’, ‘पलाँस’ जस्ता फिल्म निर्माण गरेकी छन् । फिल्म निर्माण गर्दा उनको निर्देशकसँग भने वैचारिक मतभेद भइरहन्थ्यो । यसपछि आफ्नो कथा आफैं भन्न निर्देशनमा आएको उनी बताउँछिन् ।

कृषा भन्छिन्, ‘निर्माताको रूपमा मेरो अनुभव धेरै लामो समयदेखिको हो । मैले यो चिज भन्न खोजेको हुँ भन्ने भएपछि निर्देशकसँग वैचारिक मतभेद हुँदो रहेछ । त्यसपछि न निर्देशकले सोचेको कुरा पूर्ण रुपमा आउँछ न त मैले सोचेको आउँछ । त्यसपछि लाग्यो कि मेरो कथा म आफैं भन्छु । यसपछि निर्देशनमा आएँ ।’ उनी ‘पिताम्बर’ आफ्नो सोचअनुरूप नै बनाउन सकेकोमा सन्तुष्ट छिन् ।