२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘छड्के २’का निर्माता प्रशान्त गिरीले नयाँ फिल्मको रुपमा ‘जवाफ’ निर्माणको घोषणा गरेका छन् । उनले बुधबार एआई (आर्टिफिसियल इन्टेलिजेन्स)बाट तयार पारिएको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् । पोस्टरले फिल्म एक्सन-थ्रिलर जनरामा बन्ने संकेत गर्छ ।
सार्वजनिक पोस्टरमा एक पात्र पेस्तोल लिएर बीच सडकमा उभिएका छन् । ती पात्रको परिचय भने खुलाइएको छैन । ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको पोस्टरको पृष्ठभूमिमा प्रहरीको भ्यान र कंक्रिट सहर देखिन्छ ।
२०८३ सालमा रिलिज लक्ष्य राखिएको फिल्मलाई करणले निर्देशन गर्नेछन् । उनी साउथ फिल्मका निर्देशक हुन् । निर्माता गिरीका अनुसार फिल्मको सम्पूर्ण छायांकन भारतमा हुनेछ । कलाकारहरु भने छनोट हुन बाँकी रहेको उनले बताए । फिल्मको कार्यकारी निर्मातामा सञ्चारकर्मी सचित खड्का छन् । उनी टेलिभिजन कार्यक्रम ‘रजतपट’मा आबद्ध छन् ।