मिति : २०८१ फाल्गुन २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राजागंज’की आशा बनिन् स्विट्जरल्याण्डको फ्रिबर्ग फिल्म महोत्सवको जुरी

फिल्मीखबर, काठमाडौं, 2025/03/08

Asha Magarati

 

आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राजागंज’ (पूजा, सर)की अभिनेत्री तथा निर्मात्री आशा मगराती स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित भएकी छन् । उनलाई फिचर फिल्मतर्फको जुरीमा आयोजकले मनोनित गरेको हो । यो फेस्टिभलको जुरीमा मनोनित हुने उनी पहिलो नेपाली कलाकार हुन् ।

फिचर फिल्मतर्फ अन्तर्राष्ट्रिय जुरीमा नेपालबाट आशासहित बेलायती छायाँकार डेरेक हडसन र स्विट्जरल्याण्डकी अभिनेत्री अन्ना पिएरी झुअर्चर पनि छन् । आगामी मार्च २१ देखि ३० तारिखसम्म हुन लागेको महोत्सवमा आशा अभिनीत ‘राजागंज’ प्रिमियर हुँदैछ । यसअघि यही महोत्सवमा उनको अघिल्लो फिल्म ‘सेतो सूर्य’ले चारवटा अवार्ड जितेको थियो ।

यतिबेला ‘राजागंज’को टिमले विभिन्न सहरमा फिल्मको विशेष शो आयोजना गर्दै दर्शकहरुको प्रतिक्रिया बुझिरहेको छ । बिहीबार विर्तामोडमा राखिएको विशेष शोमा महिला प्रहरीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यस्तै, शुक्रबार इटहरीमा विशेष शो आयोजना गरियो । अब जनकपुर, वीरगञ्ज, चितवन, बुटवल र नेपालगञ्जमा फिल्म देखाउने तयारीमा निर्माण टिम छ ।

दीपक रौनियारको निर्देशनमा तयार भएको फिल्ममा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल लगायतको अभिनय छ । बलिउड निर्देशक अनुराग कश्यप कार्यकारी निर्माता रहेको फिल्मले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ ।

Most Visited News (monthly)