मिति : २०८१ फाल्गुन २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको ‘सिकन्दर’ले रिलिज अगावै सुरक्षित गर्‍यो ८० प्रतिशत लगानी

फिल्मीखबर, काठमाडौं, 2025/03/09

Sikandar ने रिलीज से पहले कमाए करोड़ों, इस OTT को बेचे नॉन थिएट्रिकल राइट्स  - sikandar non theatrical rights deal 165 crore salman khan rashmika  mandanna netflix

 

बलिउड स्टार सलमान खान इदमा रिलिज हुन लागेको फिल्म ‘सिकन्दर’मार्फत डेढ वर्षपछि पर्दामा देखिँदैछन् । यो फिल्म उनको करिअरका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनकि, उनका अघिल्ला केही फिल्मले अपेक्षित व्यापार गर्न सकेनन् । ‘टाइगर’ जस्तो सफल फिल्मको तेस्रो श्रृंखलालाई समेत लगानी उठाउन सकस पर्‍यो । यसैले उनलाई ‘सिकन्दर’ सफल हुनैपर्ने दबाब छ ।

बक्स अफिसमा फिल्मको अवस्था कस्तो रहन्छ, त्यो इदपछि नै थाहा हुनेछ । तर, प्रदर्शन हुनुभन्दा अगावै फिल्मले नन्-थिएट्रिकल राइट्सबाट भने लगानीको ठूलो हिस्सा सुरक्षित गरेको छ । भारतीय मिडियाका अनुसार ८० करोड भारुमा फिल्म निर्माण भएको हो । यसमा सलमान खान र निर्देशक एआर मुरुगादासबाहेक सम्पूर्ण ‘कास्ट एन्ड क्रु’को पारिश्रमिक सामेल रहेको जनाइएको छ ।

त्यस्तै, फिल्मको प्रचारका लागि निर्माता साजिद नाडियाडवालाले लगभग २० करोड छुट्याएका छन् । निर्माण लागत र प्रचारसहित दुई सय करोड बजेट पुग्ने फिल्मले प्रदर्शन अगावै नन्-थिएट्रिकल राइट्सबाट १६५ करोड उठाइसकेको पिंकभिल्लाले जनाएको छ । फिल्मको ओटीटी राइट्स ८५ करोड, स्याटेलाइट राइट्स (टिभी) ५० करोड र म्यूजिक राइट्स ३० करोडमा बिक्री गरिएको छ ।

‘सिकन्दर’को ओटीटी राइट्स नेटफ्लिक्सले खरिद गरेको हो । फिल्मले विश्वव्यापी तीन सय करोडमाथि कमाएको खण्डमा ओटीटी राइट्स एक सय करोडसम्म पुग्ने जनाइएको छ । रिलिजअघि नै तीनवटा नन्-थिएट्रिकल राइट्सबाट ८० प्रतिशत लगानी सुरक्षित गरिसकेको फिल्मको ओटीटी राइट्सको रकम भने सलमानले पारिश्रमिकको रूपमा पाउने बलिउड हंगामाले उल्लेख गरेको छ ।

Most Visited News (monthly)