मिति : २०८१ फाल्गुन २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माग्ने राजा’मा किन खिचियो पूर्वराजाका समर्थकको प्रदर्शन ?

फिल्मीखबर, काठमाडौं, 2025/03/09

magne raja movie

 

आइतबार दिउँसो पोखराबाट समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलको मुख्यद्वारमा राष्ट्रिय झण्डा लिएर उपस्थित भएका हजारौं राजावादी समर्थकहरूको दृश्य फिल्ममा समेत हेर्न पाइने भएको छ । महाशिवरात्रिको दिनदेखि छायांकनरत फिल्म ‘माग्ने राजा’मा राजावादी समर्थकहरूको प्रदर्शनलाई कैद गरिएको हो ।

निर्देशक ऋषि लामिछानेले फिल्ममा पूर्वराजाको दृश्य भने कैद नगरिएको जानकारी दिए । उनले भने, ‘हामीले पूर्वराजालाई चाहिँ खिचेका होइनौं । हामीले राष्ट्रिय झण्डालाई खिचेका हौं । त्यहाँ राप्रपा वा अन्य कुनै पार्टीको झण्डा हुन्थ्यो भने हामी खिच्दैन थियौं । ‘माग्ने राजा’को मान्यता भनेको पार्टीभन्दा देश माथि हुन्छ भन्ने हो । त्यसैले हामीले फिल्मका लागि देशको झण्डालाई खिचेका हौं ।’

निर्देशक लामिछानेका अनुसार झण्डासहितको राजावादीको प्रदर्शनलाई खिच्न सातवटा क्यामरा प्रयोग गरिएको थियो । उक्त दृश्य फिल्ममा २ देखि ३ मिनेटसम्म राखिने उनले बताए । फिल्ममा राष्ट्रिय झण्डासहितको प्रदर्शनको दृश्य अति आवश्यक रहेकाले नै खिचिएको उनको भनाइ छ । आगामी तीजमा प्रदर्शन हुन लागेको फिल्ममा हास्य अभिनेता केदार घिमिरे प्रमुख भूमिकामा छन् ।

फिल्ममा केदारसँगै आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल, पुष्कर गुरुङ, मिस पबी लगायतको पनि अभिनय देख्न सकिनेछ । फिल्ममा केदारको जोडी वर्षासँग बाँधिएको छ । यसअघि उनीहरुले ‘छक्का पञ्जा ५’मा सहकार्य गरेका थिए । मुनाल घिमिरे निर्माता रहेको फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । यसमा सामीप्यराज तिमल्सिनाको पटकथा लेखन छ ।

Most Visited News (monthly)