मिति : २०८१ फाल्गुन २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेयर बालेन शाहले हेरे ‘लाज शरणम्’, गरे सितारामको प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2025/03/11

balen

 

काठमाडौं महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन्द्र शाह (बालेन)ले आफ्नो पार्श्व गायन समेत रहेको फिल्म ‘लाज शरणम्’ हेरेका छन् । उनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेपछि अभिनेता सिताराम कट्टेल (धुर्मुस)को अभिनयको खुलेर प्रशंसा गरे । सितारामलाई अंगालो मार्दै उनले फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया दिए ।

‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,’ मेयर शाहले सितारामको प्रशंसा गर्दै अगाडि भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’

‘लाज शरणम्’मा मेयर शाहले गाएको ‘नेपाल हाँसेको’ गीत समावेश छ, जुन यतिबेला चर्चामा छ । फिल्मको ‘हाइप’ निर्माणमा ठूलो भूमिका खेलेको यो गीत फिल्ममा क्रेडिटलाइन स्क्रोल हुन थालेपछि बज्छ । कलाकार अर्जुन घिमिरे (पाँडे)सँगको घनिष्ट सम्बन्धका कारण बालेनले फिल्ममा उक्त गीत दिएका थिए ।

प्रदर्शनको दोस्रो सातामा रहेको ‘लाज शरणम्’का निर्माताले बक्स अफिस तथ्याङ्क भने सार्वजनिक गरेका छैनन् । प्राप्त जानकारी अनुसार फिल्मको आइतबारसम्मको कलेक्सन ३ करोडमाथि छ । कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा सितारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायतका कलाकार मुख्य भूमिकामा छन् ।