मिति : २०८१ फाल्गुन २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिल्को’ टिजर : मोबाइलको लतले पार्ने प्रभावको कथा

फिल्मीखबर, काठमाडौं, 2025/03/11

Sunil Pokharel, Barsha Shiwakoti, Aayushi Dhakal

 

‘झोला’ निर्देशक यादवकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक १ मिनेट १७ सेकेण्ड लम्बाइको टिजरमा मोबाइलको लतका कारण बालबालिकामा परेको असरलाई देखाइएको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावको कथा टिजरमा छ ।

आगामी बैशाख १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रंगकर्मी सुनिल पोखरेल मुख्य भूमिकामा छन् । उनले १३ वर्षपछि फिल्ममा अभिनय गरेका हुन् । टिजर हेर्दा उनले प्रधानध्यापकको भूमिका निर्वाह गरेको देखिन्छ । फिल्मकी मुख्य अभिनेत्री वर्षा सिवाकोटीले बाल कलाकार आयुषी ढकालकी आमाको भूमिका निभाएकी छन् ।

विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्ममा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देवव्रतको कथा र पटकथा, दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ । सुशीला आचार्य र रामगोपाल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् ।