मिति : २०८१ फाल्गुन २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कर्मा’मा गीताञ्जली बनेकी उपासना

फिल्मीखबर, काठमाडौं, 2025/03/11

upasana singh thakuri

 

सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’मा पहिलो पटक अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीले जोडी भएर काम गरेका छन् । केही हप्ताअघि विपिनको क्यारेक्टर लुक्स सार्वजनिक भएपछि धेरैमा उपासनाको लुक्सलाई लिएर चासो बढेको थियो । मंगलबार उनको पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा उपासना आकर्षक लुक्समा देखिएकी छन् । उनको मुहारमा खुसी र प्रेमभाव झल्किन्छ । उनको हेयर स्टाइल र पहिरन शैली हेर्दा उनी सहरी युवतीको भूमिकामा रहेको प्रष्ट हुन्छ । निर्देशक चौधरीका अनुसार फिल्ममा उनले गीताञ्जली पात्रको भूमिकामा अभिनय गरेकी छन् ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपिन एक्सन भूमिकामा प्रस्तुत छन् । यो उनको पहिलो एक्सनप्रधान फिल्म हो । तीन साताअघि सार्वजनिक क्यारेक्टर पोस्टरमा उनी बन्दुक लिएर एक्सन लुक्समा देखिएका थिए । फिल्ममा मुकुन भुसाल, दिव्यदेव लगायतको पनि अभिनय छ । मुकुन नकारात्मक भूमिकामा छन् ।

वसन्त लम्सालको निर्माण रहेको फिल्ममा निर्देशक चौधरी स्वयंको कथा छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार ‘पूर्णबहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिज सिनेमाले लिएको छ ।