मिति : २०८१ चैत्र १, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा बायोपिक र एक्सन फिल्म

फिल्मीखबर, काठमाडौं, 2025/03/13

anjila and out law

 

होलीको अवसर पारेर बिहीबारबाट दुई फिल्म ‘आउट ल’ र ‘अञ्जिला’ प्रदर्शनमा आएका छन् । एकसाथ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका यी दुवै फिल्म विषय उठानको हिसाबले भने फरक छन् । ‘आउट ल’ पूर्ण एक्सनप्रधान फिल्म हो । यसमा कानुन तोड्ने पात्रको कथा छ । ‘अञ्जिला’ भने बायोपिक हो । यसैले दर्शकलाई आफ्नो रुचि अनुसार रोजीछानी फिल्म हेर्न पाउने सुविधा छ ।

पहिलो दिनका लागि समान शो प्राप्त गरेका दुवै फिल्मका वितरकहरुको फेसबुक पोस्ट हेर्ने हो भने बुकिङ सुखद देखिन्छ । अब ‘वर्ड अफ माउथ’ कस्तो रहन्छ, त्यसले व्यापारिक भविष्य निर्धारण गर्नेछ । दुवै फिल्मका लागि अघिल्लो साता प्रदर्शनमा आएको ‘होस्टेल ३’ ठूलो चुनौती बन्न सक्ने देखिन्छ । किनकि, यो फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखिएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ । एन्जिला स्वयंको मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको पनि अभिनय छ । गत सोमबार गरिएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको थियो ।

१६ वर्षमुनिका बालबालिकालाई अभिभावकको साथ चाहिने गरी सेन्सर बोर्डबाट ‘पीजी सर्टिफिकेट’ पाएको ‘आउट ल’लाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । अमित अग्रहरिको निर्माण रहेको फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौड्याल, विशाल पहारी आदिको अभिनय छ । फिल्ममा नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन तथा चुल्ठे काजीको द्वन्द्व छ ।