मिति : २०८१ चैत्र १, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’को व्यापार २ करोड नाघ्यो, रिलिज भयो मध्यपूर्वका देशमा

फिल्मीखबर, काठमाडौं, 2025/03/13

Hostel 3

 

हिट फ्रेन्चाइज ‘होस्टेल’को तेस्रो श्रृंखलालाई पनि व्यावसायिक सफलता मिल्ने सम्भावना देखिएको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण दोस्रो दिनबाट हलमा आफ्नो पकड कायम गरेको फिल्मले घरेलु बक्स अफिसमा राम्रो अंक जोडेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार फिल्मले ६ दिन अर्थात् बुधबारसम्म २ करोड २० लाख कमाएको छ । यो ‘ग्रस’ व्यापार हो ।

गत कात्तिकपछि २ करोड कमाउने ‘होस्टेल ३’ दोस्रो नेपाली फिल्म हो । यसअघि २ करोडमाथिको व्यापार फिल्म ‘लाज शरणम्’ले गरेको छ । ‘होस्टेल ३’प्रति युवापुस्ताको आकर्षण हेर्दा फिल्मले ३ करोडको आँकडा नघाउन सक्ने देखिन्छ । विशेषगरी साँझपख फिल्मको शोमा दर्शकको चाप बढी देखिने गरेको छ । बिहीबार होलीको दिनमा पनि देशभर फिल्मको अकुपेन्सी उत्साहप्रद छ ।

भोलि शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्न लागेको ‘होस्टेल ३’ बिहीबारबाट मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ । उल्लेख्य शोसहित प्रदर्शनमा आएको फिल्मको रिलिजका लागि यसका कलाकार पदम तामाङ कतार पुगेका छन् । मध्यपूर्वी देशका वितरक आशिष पुरूषले फिल्मको उच्च माग रहेकाले व्यापार सुखद् हुने विश्वास व्यक्त गरे ।

सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ । होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।