मिति : २०८१ चैत्र १, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अञ्जिला’ हेर्दा भावुक भइन् खेलाडी प्रीति राई

फिल्मीखबर, काठमाडौं, 2025/03/14

Preeti Rai at Cinema Hall

 

नेपाली राष्ट्रिय महिला टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा आधारित फिल्म ‘अञ्जिला’लाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । बिहीबार (फागु पूर्णिमा)बाट प्रदर्शनमा आएको फिल्म हेरेर एन्जिलाको संघर्षको कथाले प्रायः दर्शक भावुक भएका छन् । त्यसो त, गत सोमबार काठमाडौंमा आयोजित प्रिमियरमा पनि भावविह्वल माहोल बनेको थियो ।

बिहीबार नेपाली महिला फुटबल टिमकी चर्चित खेलाडी प्रीति राईले पनि ‘अञ्जिला’ हेरेकी छन् । सशस्त्र प्रहरी बलको सुरक्षासहित बिग मुभिज पुगेकी उनले फिल्ममा देखाइएको भन्दा पनि एञ्जिलाले धेरै संघर्ष गरेको बताइन् । ‘फिल्म हेर्दा म भावुक भएँ । यसमा देखाइए भन्दा पनि एञ्जिला दिदीले धेरै संघर्ष गर्नुभएको छ । उहाँलाई यो ठाउँमा देख्दा खुसी महसुस भइरहेको छ,’ उनले भनिन् ।

बिहीबारदेखि काठमाडौंका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका फिल्मका निर्देशक मिलन चाम्सले आफूले चाहेर पनि एन्जिलाको जीवनमा घटेका थप दर्दनाक घटना देखाउन नसकेको बताए । उनका अनुसार फिल्ममा आएको एञ्जिलाको कथा २५ प्रतिशत मात्र हो । मिलन भन्छन्, ‘फिल्म बनाउने बेलामा यत्तिमै म धेरै पटक रोएको छु, एञ्जिलाको सबै कथा त म भन्नै सक्दिनँ ।’

फिल्मले प्रदर्शनको पहिलो दिन देशभर सुखद् अकुपेन्सी हासिल गरेको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएकाले आगामी दिनमा पनि व्यापार राम्रो रहने निर्माण टिमको विश्वास छ । एन्जिला स्वयंको मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा लगायतको अभिनय छ । फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौंमा घर बनाउने तयारीमा निर्माता छन् ।